आयोजना प्रस्थानको पुर्व तयारी कार्याशाला

बैशाख १४, २०७४| आयोजना प्रस्थानको पुर्व तयारी स्वरुप होटल ईटहरी बैङ्केट मा ३ दिने कार्याशाला सम्पन्न भएको छ। ग्रामिण उद्यम तथा बिप्रेषण आयोजनाका नयाँ कर्मचारीहरुबिच आयोजनाको मुख्य उदेश्य, हरेक कर्मचारीका आ-आफ्ना काम, कर्तव्य र अधिकार, आर्थिक बर्ष २०७४-७५ को बजेट तथा कार्यक्रमका बारे प्रष्ट्याउने उदेश्य लिई आयोजित यस कार्यक्रममा आयोजना प्रस्थान-कार्यशालाको तयारीको बारेमा पनि छलफल भएको थियो।

उक्त कार्यक्रममा IFAD मिशन टिमका प्रतिनिधिहरु(आइसा टुरे तथा  बासु बाबु अर्याल), उद्योग मन्त्रालयबाट सह-सचिब श्री पुरुषोत्तम नेपाल तथा ग्रामिण उद्यम तथा बिप्रेषण आयोजनाका नवनियुक्त कर्मचारीहरुको सहभागिता रहेको थियो।उक्त कार्यक्रम बैसाख १२,२०७४ मा शुरु भई बैसाख १४,२०७४ मा सम्पन्न भएको थियो।