हाम्रो बारेमा


१.    परिचय

नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्‍ट्रिय कोष(IFAD) बिच सम्झौता भई १० डिसेम्बर सन् २०१५मा तात्कालिन उद्योग मन्त्रालय हालको (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) अन्तर्गत ७ वर्षका लागि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि) कार्यान्वयनमा आएको हो।

आयोजनाको व्यवस्थापन कार्यालय हाल प्रदेश १ को ईटहरी,सुनसरीमा रहेको छ।

आयोजनाले प्रदेश १ अन्तर्गतका ८ जिल्ला- मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुरका लागि प्रदेश १ स्तरीय करिडोर कार्यालय रहेको;

प्रदेश २ अन्तर्गतका ७ जिल्ला-  सप्‍तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा प्रदेश ३ को एकमात्र सिन्धुली जिल्ला सहित जम्मा ८ जिल्लाका लागि प्रदेश २ को करिडोर कार्यालयबाट व्यवस्थापकिय सेवा प्रदान गर्ने छ। 

यस आयोजनाको कूल बजेट ६८.१५ मिलियन अमेरिकी डलर रहेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र, स्वीस विकास नियोगको (हेल्भटास नेपाल) आयोजनाका मुख्य मध्येका साझेदार सेवा प्रदायक निकायहरु हुन्।

२.  आयोजना कार्यरत जिल्ला तथा स्थानीय तहहरू 

प्रदेश 

कार्यरत जिल्ला

जिल्ला

प्रदेश  १

१४ मध्ये ८ जिल्लामा

मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपुर

प्रदेश  

८ मध्ये ७ जिल्लामा

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा

प्रदेश  

१३ मध्ये १ जिल्लामा

सिन्धुली

३.  आयोजनाका मुख्य क्रियाकलापहरु 

१. ग्रामीण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम प्रवर्द्धन गर्न साना किसान तथा उत्पादकका लागि रोजगारीका अवसर सिर्जना, कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरका आयआर्जन सम्बन्धि क्रियाकलापहरु गरि क्लष्टरहरुको सवलीकरण गर्ने ।

२. आपूर्ति श्रृङ्खलाको  विकासद्वारा बजार सम्मको पहुँच विस्तार गर्ने ।

३. आयोजनाले ग्रामीण क्षेत्रमा कार्यरत वित्तीय संस्थाहरुको पहिचान तथा सहकारी संस्थाहरुको क्षमता विकास गरेर ग्रामीण स्तरका जनतालाई वित्तीय समावेशीकरणको मूलधारमा ल्याइने ।

४. ग्रामीण घरपरिवार, वैदेशिक रोजगारीबाट फर्किएका, आप्रवासि परिवार र बेरोजगार युवालाई स्वरोजगारी र आयआर्जनमा वृद्धि गराउन व्यवसायिक तालिम तथा औद्योगिक प्रशिक्षणद्वारा मर्यादित रोजगारी सृजना           गर्ने। 

५. आप्रवासि तथा तिनका घरपरिवारले विप्रेषणद्वारा आर्जन गरेका आम्दानीलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग गर्ने ।

६. स्थानीय तहमा आप्रवासन श्रोत केन्द्र र आप्रवासन सूचना कक्ष सञ्चालन गरी स्थानीय तहमा आप्रवासन सेवा दिगो र प्रभावकारी बनाउन सहयोग गर्ने ।

७. बैदेशिक रोजगारलाई सुरक्षित उपलब्धिमूलक तथा मर्यादित बनाउन स्थानीय तह र प्रदेशमा आवश्यक नीति तथा रणनीति निर्माणका लागि उपयुक्त वातावरण बनाउने ।

४. लक्षित वर्ग

१.  आयोजनाबाट १,२५,००० घरधुरी र २८७,५०० जना प्रत्यक्ष लाभान्वित हुने छन् ।

२. ८०% लक्षित वर्ग गरिबीको रेखामुनिका उद्यम व्यवसाय गर्न सक्षम नागरिक रहने छन्। जसमध्ये कम्तिमा ३३% महिला, १८-४० वर्ष उमेर समुहका युवा, आप्रवासि तथा वैदेशिक रोजगारबाट फर्केर आएका एवं सामाजिक बहिष्करणमा  परेका नागरिक हुने छन् ।

३. ५७,००० जनालाई आपूर्ति श्रृङ्खलाको विकासका लागि क्लष्‍टर सबलीकरणमा समाहित गरिने छ भने १३,५०० जनालाई लघु,तथा मझौला उद्यम सञ्चालन गरी दिगो आम्दानीको स्रोत दिलाइने छ।

४. ३०,००० जनालाई सिप मूलक तालिम उपलब्ध गराई रोजगारीमा प्रतिस्थापन गरिने छ।

५. २,१०,००० जनालाई ग्रामीण क्षेत्रमा कार्यरत वित्तीय संस्थाहरु तथा सहकारी मार्फत वित्तीय साक्षरता उपलब्ध गराईने छ।

६. ८७,००० जनालाई आर्थिक समावेशीकरण तथा परिचालनको गतिविधिमा समाहित गरिने;६७५० उच्‍च जोखिममा रहेका घरधुरिलाई प्रत्यक्ष सल्लाह सेवा उपलव्ध गराई आर्थिक अवसरसँगै सामाजिक समस्याहरुलाई पनि सम्बोधन गरिनेछ।

५.  आयोजनाका सम्भागहरु

   सम्भाग १: ग्रामीण लघु- घरेलु तथा साना उद्यम तथा रोजगार प्रवर्द्धन

    सह- सम्भाग  १.१  आपूर्ति  श्रृङ्खलाको विकास(Supply Chain Development)

    सह-सम्भाग   १.२  घरेलु- लघु,साना तथा मझौला उद्यम RMSEs विकास ( कृषि उद्मम केन्द्र मार्फत)

    सह-सम्भाग   १.३   मर्यादित रोजगार (हेल्भटास नेपाल मार्फत)

     सम्भाग २: उत्पादन मूलक लगानी

     सह सम्भाग  २.१    ग्रामीण वित्त र आप्रवासिको क्षमता तथा स्रोत परिचालन  

    सम्भाग ३: समावेशीकरण तथा परिचालन

    सह-सम्भाग ३.१ तथा ३.२  आर्थिक परिचालन तथा  सामाजिक सल्लाह

   सम्भाग ४: संस्थागत सहयोग तथा आयोजना व्यवस्थापन

    सह- सम्भाग ४.१  अनुगमन मूल्याङ्कन तथा ज्ञान व्यवस्थापन

    सह- सम्भाग ४.२  आयोजना व्यवस्थापन