Migration Resource Centre facilitated compensation

पूर्वी पहाडको सुन्दर जिल्ला धनकुटाको साविक खोकु गा.वि.स. वडा नं. ४ हाल सहिदभूमी गाउँपालिका वडा नं. ४ वाट आफ्नो सहज जिवन यापनको लागि सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका भन्ने ठाउँमा वसाई सरी गई आफू लगायत आफ्नो ८ जनाको घर परिवारको जिवन गुजारा चलाई रहेका वावु वल वहादुर राई र राममाया राईको कोखवाट साइला छोराको रुपमा मिति २०५१ साल चैत्र १७ गते विनोद राईले जन्म लिएका थिए । 

          विनोद राई एकदमै मिलनसार, मेहेनति र लगनसील थिए । उनले शैक्षिक क्षेत्रमा प्रविणता प्रमाण पत्र तह पास गरेका थिए । उनको उमेर वढेसंगै उनलाई आफ्नो परिवारको आर्थिक जिवनस्तर उकास्ने चिन्ता लागि रहन्थ्यो र उनको साथीहरुको लहैलहैमा लागेर करिव आज भन्दा २ वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसियाको Linaco Manufacturing (M) Sdn. Bhd कम्पनीमा पैसा कमाउने उद्देश्यले मलेसिया पुगेका थिए ।  उनको घरमा वृद्ध वावु, वृद्ध आमा र उनि लगायत ८ जनाको परिवार थियो ।  विनोद राईले सन् २०१७ मा वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिई Lumbini Darshan Manpower PVT.LTD मार्फत मलेसिया पुगेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा उनले करिव यो २ वर्षको अवधिमा वृद्ध वावु र आमालाई आफूले कमाएको केहि रकमहरु घर खर्चको लागि पठाउने गर्थे । उनले पछिल्लो चरण आफु गएको कम्पनीमा राम्रो काम र दाम नभएको कारण त्यो कम्पनीवाट भागेर अन्यत्र नै काम गरी रहेको अवस्था थियो सोही क्रममा नै मिति २०७६ श्रावण १० गते मलेसियामा नै उनले ज्यान गुमाएका थिए । त्यस पछि उनको वावु आमा लगायत सम्पुर्ण परिवारमा निकै ठूलो वज्रपात भयो । आफ्नो साहारा नै छोरा हो भनेर छोरा फर्कने आशामा वसेका ती वृद्ध आमा र वावुको जीवन साहारा नै ढल्यो ।

          विनोद राईको मृत्यु भएको ६ दिनमा लास घरमा ल्याई आफ्नो संस्कार अनुसार काजकिरीया गरी वसि रहेको अवस्था थियो । सोही क्रममा निजका परिवार सदस्य आप्रवासी श्रोत केन्द्र धनकुटावाट केहि सहयोग लिन सकिन्छ कि भन्ने आशा सहित श्रोत केन्द्रको सम्पर्कमा आइ पुग्नु भयो । त्यसपछि उहाँको लाससंगै आएको कागजपत्रहरु सहित आप्रवासी श्रोत केन्द्र धनकुटामा = दाजु प्रितम राई आउनु भयो । त्यस संगै उहाँको कागजातहरुलाई आधार मानेर श्रोत केन्द्रले सि.एम.आइ.आर मा केश रेफर गरि विनोद राईको परिवारले पाउने क्षतिपूर्तीको लागि आवश्यक सहयोग गरि उहाँको परिवारले वैदेशिक रोजगार वोर्डवाट रु ७,००,०००। (अक्षरेपी सात लाख रुपैया) र विमा कम्पनिवाट रु १३,२६,०००। (अक्षरेपी तेह्र लाख छव्वीस हजार रुपैया) क्षतिपूर्तीको रुपमा पाउनु भयो ।

          आप्रवासी श्रोत केन्द्र धनकुटाले विनोद राईको परिवारलाई क्षतिपूर्ती दिलाउनको लागि पहल गरि दिएको हुनाले पीडित परिवारले क्षतिपूर्ती स्वरुप उनको परिवारलाई मल्हमपट्टी भएको छ । यदि ग्रामिण उद्यम तथा विप्रेषण आयोजना  (समृद्धि) आयोजना र धनकुटा नगरपालिकाको साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्र स्थापना नभएको थियो भने मृतकको परिवारले  क्षतिपूर्ती स्वरुप आर्थिक सहयोग प्राप्त हुन सहज थिएन अर्थात् यो सहयोग लिनको लागि उनको परिवारले धेरै ठूलो सास्ती खेप्न वाध्य हुने थियो ।