बजार सुनिश्चित हुँदा दूध उत्पादक कृषकहरूको व्यवसायिकतामा सुधार

मुख्य विषय–वस्तु:  दुग्ध आपूर्ति श्रृङ्खलाको प्रवर्द्धन  

सामाजिक इकाई:  उदयपुर चौदण्डिगढि नगरपालिका ९ र १० बस्ती

सफलताको कथा मिति:  माघ, २०७६              

सदरमुकाम नजिक भएपनि दूधको बजार नपाएका कारण चौदण्डिगढी नगरपालिका, हँडियाअवस्थित जनोत्थान पशु तथा कृषि सहकारी संस्थाका कृषकहरू.ले दूध बिक्रीका लागिजिल्लाभित्र बाहिरका धेरै डेरीहरू.मा चाहार्थे । कहिले सप्तरी बरमझियाका पेडावाला त कहिले गाईघाटका डेरीवालाले दूध लान्थे । तथापि नियमित रू.पमा दूध नलाने, मिल्क एनालाइजरबाट पनि मापनमा ठगिने जस्ता समस्याले कृषकहरू. हतोत्साही थिए । यसैक्रममा ‘समृद्धि’ आयोजनाको सहजीकरणमा व्यापारी, नगरपालिका प्रतिनिधि, स्थानीय सहकारी, सेवा प्रदायक र कृषकहरू.बीच व््यवसाय सम्बन्ध(बि२बि) अन्तरक्रिया सञ्चालन भयो । फलस्वरू.प धरान डेरीबाट नियमित दूध खरीद गर्ने सहमति भयो । र, समृद्धिकै सहजीकरणमा २०७५ पौषमा ४० जना कृषकहरू. आवद्ध गौरीगासाई दुग्ध उत्पादक कृषक समुह गठन भयो । चौदण्डिगढी नगरपालिका, घरेलु तथा साना उद्योग बिकास समिति मार्फत वित्तीय सहयोग तथा हडीया बजार व्यवस्थापन समितिको जग्गा सहयोगमा जनोत्थान सहकारीमा १००० लिटर क्षमताको चिलिङ भ्याट, भवन र मिल्क एनालाइजर सेटको व्यवस्था भयो ।

शुरुमा धरान डेरीले सहकारीको सङ्ककन केन्द्रमा सङ्कलित ३०० लि. दैनिक दूध खरिद गर्दथ्यो भने हाल १२०० लि. दूध खरिद हुन्छ । विगतमा रू.३४ देखि रू.४२ प्रति लिटरमात्र पाइरहेका कृषकहरू.ले हाल रू.६० सम्म दूधको

मूल्य पाएका छन् । २०७६ चैत्र महिनाभित्र धरान डेरीबाट मात्र करीब रू. ९००,००० बराबरको दूधको कारोबार भएको छ । डेरी र समुहले गरी रू. ०.५० को कल्याणकारी कोष खडा गरिएको छ । हाल यस स्थानमा अन्य निजि क्षेत्रको पनि दूध खरीदमा आकर्षण बढेको छ । गाईघाटका राधाकृष्ण र पाथिभरा डेरी तथा स्थानीय पनिर उत्पादकहरू.बाट दूधको खरीद भइरहेको छ ।

 

दूध खरिद बिक्री सम्झौता(B2B MoU) कार्यक्रमको सहजीकरण

 

व्यवसाय सम्बन्ध(B2B) अन्तर्क्रिया कार्यक्रम

बजार र दूधको बिक्री सुनश्चित भएपछि लक्ष्मी बैंकसँगको सहकार्यमा ५० जना कृषकहरूले रू.८५,००,००० कर्जा प्राप्त गर्न सफल भएका छन् । समुहमा ६७ प्रतिशत सदस्यहरू वैदेशिक रोजगारीसँग सम्बन्धित छन् । चौदण्डिगढी नगरपालिका, वडा कार्यालय तथा आयोजनाको साझेदारीमा समुहले उन्नत जातको घाँसको खेतीका लागि सिंचाई, बीउ बीजन, घाँस काट्ने मेशिन (चाफकटर), गोठ सुधार तथा प्राविधिक परामर्श जस्ता कार्यक्रमहरू कार्यान्वयनको चरणमा छ ।

दूध अधिक उत्पादन हुने सिजनमा संकलित दूधको बजारीकरणमा हुने समस्याको दिगो समाधानका लागि समूह, सहकारी, आयोजना तथा जीवन विकास डेरी विराटनगरबाट संयूक्त पहल भइरहेको छ । समुहका अध्यक्ष राधिका दाहाल समृद्धि आयोजनालाई धन्यबाद दिदै भन्छिन्, “एक बर्ष अघि परम्परागत कृषि उत्पादनको रूपमा चिनिएको हँडिया अहिले जिल्लाको मुख्य दूध उत्पादन पकेट क्षेत्रको रूपमा परिचित भएको छ । यसबाट नगरपालिका र जिल्लामा रहेको दूध उत्पादक कृषक, वैदेशिक रोजगारबाट फर्केर आएका यूवा तथा सहकारीहरूलाई पनि प्रेरणाको मिलेको छ । यो पशुपालन र दूधको कारोवारबाट हामीले घरायसी खपतका अतिरिक्त घरखर्च चलाउन र बाल बच्चालाई शिक्षा, स्वास्थ्य दिलाउनमा ठूलो भरथेग मिलेको छ। अव हामीले सोका निम्ति कसैको मुख ताक्न पर्दैन।”

 

 

 

सम्झैता पश्चात धरान डेरीको दूध ट्यांकरद्वारा जनोत्थान सहकारीमा दूध संकलन गर्दै