वित्तीय शिक्षा तालिमले सदस्यलाई नियमित र व्यवसायी बनायो

मुख्य विषय–वस्तु:   ग्रामीण वित्त अन्तर्गतको(FEEK-1) तालिम

सामाजिक इकाई : भोजपुर जिल्ला, भोजपुर नगरपालिका, वडा नं ७

घटना अध्ययन मिति:  जेठ, २०७७

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनासँगको सहकार्यमा सञ्चालन भएको वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको प्रभावले ल्याएको सुधारबारे अनुभव सुनाउँदै, सामुहिक वचत तथा ऋण सहकारी संस्था लि. भोजपुरकी अध्यक्षले बताउनु भयो — मानिसमा परिवर्तन ल्याउन, ज्ञान आर्जन हुने वातावरणको सिर्जना गर्दिन सक्नु पर्ने रहेछ । हिजो वित्तिय संस्थाबाट ऋण लिएपछि फर्किएर नआउने सदस्य आज नियमित बचत गर्दै ऋणको किस्ता चुक्ता गर्न थालेका छन्। लगानीको सदुपयोग गरी नियमित आम्दानी बढाउन थालेका छन् । बचत बढेको छ । सहकारीमा नयाँ सदस्य थपिएका छन् । प्राप्त विप्रेषणलाई उपभोग्य वस्तुमा मात्र खर्च गर्दै आएका त्यस्ता २५ सदस्यहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्न थालेका छन् ।

आयोजनासँग भएको सम्झौता अनुसार सञ्चालन भएको पाँच वटा तालिम कार्यक्रममा जम्मा १८४ जनाको सहभागिता रहेको थियो । उक्त तालिममा विशेष गरी पैसाको श्रोत र उपयोग, बचत, ऋण र विप्रेषणबाट प्राप्त आम्दानि उत्पादन क्षेत्रमा लगानी, पारिवारिक बजेट तयारी र अभ्यास जस्ता विषयलाई समेटिएको थियो। सदस्यलाई सहकारी शिक्षा प्रदान गर्न तालिमबाट ठूलो सहयोग भयो। सहकारीले पहिलादेखि नै योजना बनाए पनि सञ्चालन गर्न सकेको थिएन । सहकारी आसपासका अन्य करिब ५० जना मध्ये पाँच जनाले सहकारीको सदस्यता लिएर नियमित कारोबार गर्न थालेका छन् भने बाँकी सहभागिहरुले नजिकका अन्य सहकारीका सदस्यता लिएका छन् ।

प्रशिक्षकका अनुसार— "दैनिक व्यवहारिक जीवनसँग सम्बन्धित अत्यन्तै व्यवहारिक विषयहरु भएका कारण अपेक्षाभन्दा बढी सदस्य तथा गैर-सदस्यको तालिममा उत्साहबर्द्धक सहभागिता रह्यो" ।

त्यस बाहेक सदस्यले व्यवसायिक खेतिबाट आम्दानी बढाउन थालेका, सहभागीहरुले व्यवसायिकता तथा उद्यमशीलता विकासलाई व्यवहारमा अनुसरण गरेको, अन्य लघु वित्तीय संस्थामा भन्दा सहकारी  प्रति आकर्षण बढेको पाइएको छ ।  

"तालिमले समुदायमा पारेको प्रभावलाई विष्लेषण गर्दा यसलाईअझ व्यापक रुपमा समुदायका तल्लो तहसम्म पुर्याउन आवश्यक देखिन्छ । आयोजनाले सहकार्य गरेका सबै लाभान्वित व्यक्ति तथा समुहहरुलाई यो तालिमसँग जोड्न सके समुदाय स्तरमा व्याशायिकताबारे व्यापक जनचेतना अभिवृद्धी  हुने देखिन्छ ।"

सहकारीले उत्पादनशिल ऋणलाई पहिलो प्राथिमकता दिएकाले भाखा नाघेको ऋण घट्न थालेको छ । तालिमको प्रभावले २ लाखभन्दा बढी भाखा नाघेको ऋण असुली गर्न सहयोग पुगेको कुरा संस्थाका व्यवस्थापक बताउनु हुन्छ ।

तालिममा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञानसँगै महिला प्रजनन् स्वास्थ्य र परिवारको भूमिका, घरेलु तथा महिला हिंसाका विषयबस्तु पनि समेटिएको छ। यो कार्यक्रममा सहभागि भए पश्चात पारिवारिक मेलमिलाप बृद्धि भई घरेलु झगडामा कमी भएको, अनावश्यक खर्च घटेको प्रसंग सहकारीकी प्रशिक्षक तथा महिला मानव अधिकार रक्षक संजालकी जिल्ला संयोजकले  सुनाउनु भयो ।

 “ साना तर नियमित रुपमा हुने चुहावट रोकी पारिवारिक बजेट बनाएर काम गर्दा सानातिना व्यवहारिक गर्जो टरेको उदाहरण धेरै छन् । यस्तो तालिम कार्यक्रम ४ - ५ वर्ष पहिला नै आएको भए हाम्रो आँखा पहिल्यै खुल्ने रैछ नि ” - आफूले तरकारी खेति गर्न लिएको ऋण तिर्न र नियमित बचत गर्न आएका भोजपुर नगरपालिका १० निवासी तालिमका सहभागी तथा सहकारीका सदस्य डिकबहादुर राई तालिमको महत्व सम्झदै भन्छन् ।

 “वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमलाई विद्यालयस्तर देखि समावेश गर्न सके जरै देखि आर्थिक समृद्धि स्थापित गर्न सहयोग मिल्ने थियो ।” आफ्ना धारणा व्यक्त गर्दै प्रशिक्षकले थप्नु भयो। तालिमले समुदायमा पारेको प्रभावलाई विष्लेषण गर्दा यसलाईअझ व्यापक रुपमा समुदायका तल्लो तहसम्म पुर्याउन आवश्यक देखिन्छ । आयोजनाले सहकार्य गरेका सबै लाभान्वित व्यक्ति तथा समुहहरुलाई यो तालिमसँग जोड्न सके समुदाय स्तरमा व्याशायिकताबारे व्यापक जनचेतना अभिवृद्धी  हुने देखिन्छ ।